• २०८१ फाल्गुन ७ गते बुधवार

सहकारी ठगी मुद्दामा ५० लाख रुपैयाँ धरौटी बुझाएर पूर्व डीआईजी जोशी रिहा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ८, काठमाडौ । काठमाण्डौको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको मुद्दामा नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक छविलाल जोशी धरौटीमा रिहा भएका छन् । काठमाण्डौ जिल्ला अदालतले जोशीलाई ५० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

अदालतका श्रेस्तेदार तीर्थराज भट्टराईले जोशी ५० लाख बैङ्क ग्यारेन्टी बुझाएर हिजो बेलुका रिहा भएको जानकारी दिनुभयो । यसअघि जोशीलाई कास्की जिल्ला अदालतले सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा ८८ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो ।

यो प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कास्की अदालतबाट ६५ लाख र काठमाण्डौ जिल्ला अदालतबाट ६० लाख बैङ्क ग्यारेन्टी बुझाएर छुटेका छन् । तर रवि र छविलालविरुद्ध रुपन्देही, चितवन र पर्सामा पनि सहकारी ठगी कसुरमा जाहेरी दर्ता भएको छ ।

प्रतिक्रिया दिनुहोस