• २०८१ फाल्गुन ७ गते बुधवार

पहिलो लटमा इजरायलले रिहा गरयो ९० प्यालेस्टाइनी बन्दी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ८, तेल अभिव। इजरायल र हमासबीच विगत १५ महिनादेखि जारी युद्ध गत जनवरी १९, आइतबारबाट रोकिएको छ । इजरायलले युद्धविराम पछि पहिलो लटमा ९० प्यालेस्टिनी बन्दीलाई रिहा गरेको छ भने सो अघि हमासले इजरायलका तीन महिला बन्धकलाई पनि रिहा गरेको थियो ।

यी बन्धकहरूको नाम रोमी गोनेन, एमिली डमारी र डोरोन स्टेनब्रेचर हुन्। टाइम्स अफ इजरायलको रिपोर्ट अनुसार रेडक्रसको सहयोगमा तीन जना बन्धकहरूलाई इजरायलमा फिर्ता ल्याइएको थियो।

बन्धकहरू फर्किएपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सम्पूर्ण देशले तपाईंलाई अँगालो हालेको बताएका छन् । युद्बबिराम पछि रिहाई भएका बन्दीहरू देखे पछि प्यालेस्टाइन र इजरायल दुबैमा उत्सव मनाएका छन् ।

युद्धविराम घोषणा भएपछि, इजरायलको कडा नाकाबन्दीको बीचमा ६ सय भन्दा बढी ट्रक मानवीय सहायता बोकेर गाजा पुगेका थिए। प्यालेस्टाइनी नागरिकहरू युद्धग्रस्त क्षेत्रहरूबाट घरहरू निरीक्षण गर्न र आफ्ना आफन्तहरूलाई गाड्न फर्किरहेका छन्।

प्रतिक्रिया दिनुहोस