• २०८२ जेष्ठ १ गते बुधवार

एनएसएल : धनगढी एफसीलाई २-१ ले हराउदै ललितपुर सिटी एफसी फाइनलमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ६, काठमाडौं । साविक विजेता ललितपुर सिटी एफसी १० खेलाडीमा समेटिए पनि धनगढी एफसीलाई २-१ ले माथ दिंदै तेस्रो एनसेल नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा प्रवेश गरेको छ। ललितपुर लगातार दोस्रो सिजन फाइनलमा प्रवेश गरेको हो। यो सँगै एनएसएलमा ललितपुरले अपराजित यात्रालाई दशौं खेल सम्म पुर्याएको छ।

खेलको ७४ औं मिनेट ललितपुर १० खेलाडी खेल्न बाध्य भयो‌। तर पनि धनगढीलाई चुनौती दिंदै जित आफ्नो पक्षमा पार्न सफल रहयो। उसको लागि क्रेभेन्स बेलफोर्टले र पापा इबाउ केबेले गोल गरे। धनगढीका जर्ज प्रिन्स कार्कीले गोल गरे।

धनगढीले पाँचौं भेटमा पनि ललितपुरलाई हराउन सकेन। धनगढी क्वालिफायरमा पराजित भएको पहिलो पटक हो। यसअघि दुवै संस्करणको पहिलो क्वालिफायर जित्दै धनगढी फाइनलमा पुगेको थियो।

भोलि हुने पहिलो पहिलो इलिमिनेटरमा एफसी चितवन र पोखरा थन्डर्सबीच खेल हुनेछ। धनगढीले त्यो खेलको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ।

प्रतिक्रिया दिनुहोस