• २०८२ जेष्ठ १ गते बुधवार

आइपिएल : गुजरात टाइटन्सले दिल्ली क्यापिटल्सलाई ७ विकेटले हरायो

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

वैशाख ६, काठमाडौं । जोस बटलरको अर्धशतकको मद्दतमा गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज दिल्ली क्यापिटल्सलाई ७ विकेटले हराएको छ। २ सय ४ रनको लक्ष्य गुजरातले‌१९.२ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको छ।


बटलरले तेस्रो विकेटका लागि सेर्फाने रुथरफोर्डसँग १ सय १९ रनको साझेदारी गर्दै जितको आधार तयार पारेका थिए । बटलरले ५४ बलमा ११ चौका र ४ चेकमा नटआउट ९७ रन बनाए । ३४ बल खेलका रुथरफोर्डले ३ छक्का र १ चौकामा ४३ रन बनाए । बटलरले ओपनर साइ‌ सुदर्शनसँग दोस्रो विकेटका लागि ६० रनको साझेदारी गरे ‌। सुदर्शनले २१ बलमा ५ चौका र १ छक्काको साथमा ३७ रन बनाए। अर्का ओपनर तथा कप्तान शुभमन गिल ७ रनमा‌ आउट भए।

त्यसअघि नरेन्द्र मोदी स्टेडियममा गुजरातले टस जितेर फिल्डिङ रोज्यो। दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २ सय ३ रन बनायो। ओपनर अभिषेक पोरेल १८ रन बनाएर आउट भए। २८ रनमा केएल राहुल प्रसिद्ध कृष्णाको बलमा एलबिडब्लु धरापमा परे‌। यसपछि करूण नेर ३१ रनमा पबिलियन फर्किए। ३ विकेटको नोक्सानीमा ९३ रन बनाएको थियो। यसपछि कप्तान अक्षर पटेल र ट्रिस्टान स्टब्सले ५३ रनको साझेदारी गरे। ट्रिस्टान ३१ रनमा र अक्षर पटेल ३९ रनमा आउट भए। छैटौं क्रमका आशुतोष शर्मा १९ बलमा २ चौका र ३ छक्का सहित ३७ रन जोडे।

बलिङमा प्रसिद्ध कृष्णाले ४ ओभर बलिङ गर्दै ४१ रन दिएर ४ विकेट लिए। मोहम्मद सिराज, अर्सद खान, साई किशोर र इशान्त शर्माले समाब १ विकेट झारे।

प्रतिक्रिया दिनुहोस