• २०८१ चैत्र ५ गते बुधवार

नेपालका ५ जना खेलाडीले दक्षिण एशियाली एथ्लेटिक्स क्रस कन्ट्रीमा प्रतिस्पर्धा गर्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ७, काठमाडौं । नेपालका पाँच जना खेलाडीले पाकिस्तानमा हुने दक्षिण एशियाली एथ्लेटिक्स क्रस कन्ट्री च्याम्पियनशिपमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

यही फागुन ११ गते पाकिस्तानको इस्लामावादमा हुने प्रतियोगिताको सिनियरमा दुई र जुनियरमा तीन गरी पाँच जना पुरुष खेलाडीले भाग लिने भएका हुन् । प्रतियोगितामा सहभागी हुन नेपालका पाँच खेलाडीसहित सात सदस्यीय नेपाली टोली भोलि पाकिस्तान जाने भएकाे छ ।

प्रतियोगिताको सिनियरमा सुशीलकुमार शाही र सञ्जय श्रेष्ठ तथा जुनियरमा बादल कार्की, अजय विक र कृष्णबहादुर परियारले खेल्नेछन् । सिनियरमा १० किलोमिटर तथा जुनियरमा ८ किलोमिटर दुरीमा प्रतिस्पर्धा हुने नेपाल एथ्लेटिक्स सङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस