फागुन ७, काठमाडौँ । काठमाण्डाैकाे टुँडिखेलमा रहेकाे सैनिक मञ्चमा विशेष कार्यक्रमकाे आयाेजना गरी ७५औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाइएको छ । नागरिक रैतीबाट नागरिक भएको घोषणा गरिएको दिनका रूपमा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने गरिन्छ ।
समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीहरू, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरूलगायतकाे उपस्थिति रहेको थियो ।
समारोहमा नेपाली सेनाले प्रजातन्त्र दिवस २०८१ ब्यानर अङ्कित हेलिकप्टरबाट पुष्पवृष्टि गराएको थियो भने मैदानमा शान्तिको प्रतिकका रूपमा परेवा उडाइएको थियो । कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलले मार्च पाससमेत गरेका थिए । राष्ट्रप्रेमले भरिएको राष्ट्रिय धुन पनि प्रस्तुत गरिएको थियो ।