फागुन ७, कञ्चनपुर। कञ्चनपुरको लालझाडीमा जङ्गली हात्ती मृत फेला परेको छ । लालझाडी गाउँपालिका–४ को पर्सिया र जाई गाउँको आसपास रहेको सडक किनारमा आज बिहान वयस्क हात्ती मरेको अवस्थामा भेटिएको डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख राम बिचारी ठाकुरले बताउनुभयो ।
लालझाडी कोरिडोरमा रहेको हात्तीले गएको असोजदेखि यो क्षेत्रमा खेतीपातीमा नोक्शान गर्दै आएको थियो । हात्तीको आक्रमणबाट कञ्चनपुरमा यस वर्ष दुई जनाको ज्यानसमेत गएको थियो ।