• २०८१ चैत्र ५ गते बुधवार

नेपालको पुरुष कबड्डी टोलीले बङ्गलादेशमा पाँच अभ्यास खेल खेल्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ७, काठमाडौँ । नेपालको पुरुष कबड्डी टोलीले बङ्गलादेशमा घरेलु टोलीसँग पाँच अभ्यास खेल खेल्ने भएको छ । यही फागुन १० गते आउँदो शनिवारदेखि १६ गतेसम्म बङ्गलादेशको ढाकामा नेपालले पाँच अभ्यास खेल खेल्न लागेको हो ।

नेपालको पुरुष कबड्डी टोलीले सन् २०२६ मा हुने २०औं एशियाली प्रतियोगिताको तयारीका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले शुरू गरेको मिसन–२०२६ अन्तर्गत रहेर प्रशिक्षण गरिरहेको छ । मिसन २०२६ अन्तर्गत पुरुष टोलीले बङ्गलादेशसँग अभ्यास खेल खेल्न लागेको परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले बताउनुभयो । उहाँले हिजो अभ्यास खेलमा जाने नेपाली राष्ट्रिय पुरुष कबड्डी टोलीलाई बिदाइ गर्नुभएको छ ।

घनश्याम रोकामगरको कप्तानीमा रहेको १४ सदस्यीय पुरुष टोलीले बङ्गलादेशसँग अभ्यास खेल खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस