फागुन ७, काठमाडौं । आज फाल्गुण ७ गते— नेपाली जन–सङ्घर्षको इतिहासको एक अविस्मरणीय दिन अर्थात् प्रजातन्त्र दिवस ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली जन–सङ्घर्षको इतिहासलाई जीवित राख्नु पर्ने बताउनुभएको छ । यस दिवसको अवसरमा शुभकामना दिनुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
नेपाली काँग्रेसको नेतृत्वमा नेपालको आधुनिक इतिहास प्रारम्भ भएको गौरवमय दिन भन्नुहुँदै उहाँले यो इतिहासलाई जीवित राख्नु पर्ने बताउनु भएको छ । यस अवसरमा उहाँले सबै नेपालीमा शुभकामना दिनुभएको छ ।