• २०८२ जेष्ठ १ गते बुधवार

बिस्केट जात्राको अन्तिम दिन हात नभएको लिङ्गो ढालियो

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

वैशाख ५, भक्तपुर। भक्तपुरमा आठ रात नौ दिनसम्म चल्ने बिस्केट जात्राको आज अन्तिम दिन भक्तपुरको पोटरीस्क्वायरस्थित तालाक्वो ज्याठा गणेश मन्दिर अगाडि उठाइएको हात नभएको लिङ्गो ढालिएको छ । प्रत्येक वर्ष चैत मसान्तका दिन स्थानीयले भक्तपुरको कुमालेटोलस्थित तालाक्वोमा हात नभएको लिङ्गो उठाएर जात्रा गर्दै अन्तिम दिन आज विधिपूर्वक पूजागरी ढालेपछि भैरवको रथ तान्ने प्रक्रिया सुरु हुने गर्दछ ।

eQmk’/, % a}zfv . eQmk’/df cf7 /ft gf} lbg;Dd dgfOg] la:s]6 hfqfsf] cfh clGtd lbg eQmk’/sf] kf]6/L:Sjfo/l:yt tfnfSjf] Hof7f u0f]z dlGb/ cufl8 r}t d;fGtdf p7fPsf] xft gePsf] lnªuf] hfqfsf] clGtd lbg cfh z’qmaf/ 9flnb} . tl:j/ M /d]z lu/L, /f;;

गुठी संस्थान कार्यालय भक्तपुरकी प्रमुख खिमा वलीले तालाक्वोमा चैत मसान्तमा उठाएको हात नभएको लिङ्गो आज दिउँसो ढालिएको जानकारी दिँदै आजै अपराह्नदेखि पूजा सम्पन्न गरी भैरवको रथ तान्न सुरु हुने र आजैदेखि जात्रा सम्पन्न हुने परम्परा रहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार बिस्केट जात्राका अवसरमा हरेक वर्ष चैत मसान्तको दिन उठाइएको हात नभएको लिङ्गो जात्राको अन्तिम दिन वैशाख ५ गते बिहान ढाल्ने परम्परा रहेको छ । तालाक्वोमा लिङ्गो ढालिएपछि आजै भैरव र भद्रकालीको पूजा गरी रथलाई गहिटीबाट तान्ने गरिन्छ ।

यसअघि भेलुखेलस्थित ल्यासिंखेलमा चैत मसान्तमा उठाउने लिङ्गो वैशाख २ गते ढाल्ने परम्परा रहे पनि यस वर्ष चैत मसान्तको मध्यरातिसम्म पनि लिङ्गो नउठेपछि स्थानीयले वैशाख १ गते नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरी तथा स्थानीयको संयुक्त प्रयासमा लिङ्गो उठाएर साँझ ढालिएको थियो ।

प्रतिक्रिया दिनुहोस