• २०८२ जेष्ठ २ गते बिहिवार

आइपिएल : सनराइजर्स हैदराबादले मुम्बई इण्डियन्सलाई दियो जितको लागि १ सय ६३ रनको चुनौती

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ४, काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदराबादले मुम्बई इण्डियन्सलाई जितको लागि १ सय ६३ रनको चुनौती दिएको छ। वानखेडे स्टेडियममा टस जितेर मुम्बईले पहिले फिल्डिङ रोज्यो। सनराइजर्सले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६२ रन बनायो।

अभिषेक शर्मा र ट्राभिस हेडले पहिलो विकेटको लागि ५९ रनको साझेदारी गरे। अभिषेक २८ बल खेल्दै ७ चौका सहित ४० रनमा आउट भए।

त्यसपछि भने सनराइजर्सले निरन्तर विकेट गुमायो। इशान किशन २ रनमा र ट्राभिस २९ बलमा २८ रन जोडेर आउट भए।

नितिश कुमार रेड्डी १९ रनमा र हेनरिक क्लासेन ३७ रनमा पबिलियन फर्किए। अंकित बर्मा अविजित १८ रनमा क्रिजमा रहे।

बलिङमा विल ज्याक्सले ३ ओभर बलिङ गर्दै १४ रन दिएर ३ विकेट लिए। यसैगरी ट्रेन्ट बाउल्ट, जसप्रति बुमराह र हार्दिक पाण्ड्याले समान १ विकेट झारे।

सनराइजर्स र मुम्बई दुवै तेस्रो जित निकाल्ने दाउमा छन्। उनीहरु दुबैको ६ खेलबाट ४ अंक छ।

प्रतिक्रिया दिनुहोस