• २०८२ बैशाख ७ गते आइतवार

नेपाल प्रहरीको ३१ औं आईजीपीमा दीपक थापालाई नियुक्त गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ४, काठमाडौं । नेपाल प्रहरीको ३१औं महानिरीक्षक (आईजी) मा दीपक थापा नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरी प्रमुखमा दीपक थापालाई नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले थापालाई प्रहरी अतिरिक्त महानिरीक्षकबाट प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

बैठकले राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी निर्देशकमा दिनेश भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस