• २०८२ बैशाख ७ गते आइतवार

राष्ट्रिय प्रसारण लाइनमा समस्या आउँदा कालीकाेट बिजुलीविहीन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ४, कालीकाेट । कालीकोटमा आज दिनभर बिजुली नहुँदा सरकारी कामकाज प्रभावित भएको छ । सुर्खेतबाट मुगुसम्मको राष्ट्रिय प्रसारण लाइनमा समस्या आउँदा कालीकोट बिजुलीविहीन बनेको छ ।

त्यहाँका प्राविधिक टोलीले प्रसारण लाइनमा ‘फल्ट’ पत्ता लगाउन नसकेपछि सुर्खेतबाट टोली आइरहेका नेपाल विद्युत् प्राधिकरण कालीकोट वितरण केन्द्रका प्रमुख नारायणप्रसाद पौड्यालले बताउनुभयो ।

कर्णालीमा राष्ट्रिय प्रसारण लाइन पुगेको पाँच वर्ष बितिसक्दा पनि बिजुली भरपर्दाे हुन नसकेको गुनासो आउने गरेको छ । सामान्य हावाहुरी र पानी पर्दा पनि बिजुली सेवा अवरुद्ध हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस