• २०८२ बैशाख ७ गते आइतवार

बेचन झाको बन्दी प्रत्यक्षीकरण रिट खारेज

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ४, काठमाडौं । सर्वोच्च अदालतले भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका बेचन झाले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरेको छ । न्यायाधीशद्वय विनोद शर्मा र अब्दुलअजिज मुसल्मानको इजलासले सोमबार रिट खारेज गरेको हो ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर मानव तस्करी गरेको आरोपमा दुबै जनालाई प्रहरीले गत वैशाखमा पक्राउ गरेको थियो । काठमाडौं जिल्ला अदालतले गत असार १ मा उनीहरुसहित १६ जनालाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको थियो ।

पर्साको वीरगन्ज उपमहानगरपालिका ७ का ६६ वर्षीय झाविरुद्ध ठगी, लिखित किर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराधको कसुरमा मुद्दा दायर गरिएको थियो। झासमेतका प्रतिवादीहरूले २८ करोड ८१ लाख ७४ हजार ५ सय रूपैयाँ पीडितबाट ठगी गरेको आरोप छ।

प्रतिक्रिया दिनुहोस