• २०८२ जेष्ठ २ गते बिहिवार

आइपिएल : दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई दियो १ सय ८९ रनको चुनौति

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ३, काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई जितको लागि १ सय ८९ रनको चुनौति दिएको छ।

अरुण जैटली स्टेडियममा राजस्थानले टस जितेर दिल्लीलाई ब्याटिङको लागि मैदानमा उतार्यो। दील्लीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८८ रन जोड्यो।

अभिषेक पोरेलले ३७ बलमा ५ चौका र १ छक्का सहित ४९ रन जोडे। उनी अर्धशतकबाट मात्र १ रनले चुके। केएल राहुलले ३८ रन बनाउँदा कप्तान अक्सर पटेलले ३४ र ट्रिस्टान स्टब्स अविजित ३४ रनना रहे।

बलिङमा जोफ्रा आर्चरले ४ ओभर बलिङ गर्दै ३२ रन खर्चेर २ विकेट लिए।

दिल्ली ८ अंक सहित अंक तालिकाको दोस्रो स्थानमा छ। दिल्ली पाँचौ जित निकाल्ने दाउमा छ। ६ खेल खेलिसकेको राजस्थानसँग मात्र ४ अंक रहेको छ।‌

प्रतिक्रिया दिनुहोस