• २०८२ जेष्ठ २ गते बिहिवार

सहिद स्मारक बी डिभिजन लिग : झापा फुटबल क्लब र ब्रिगेड ब्वाइज क्लब १-१ गोलको बराबरीमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ३, काठमाडौं । सहिद स्मारक बी डिभिजन लिगमा झापा फुटबल क्लबले इन्ज्युरी समयमा अग्रता जोगाउन नसक्दा ब्रिगेड ब्वाइज क्लब ( बिबिसी) सँग १-१ गोलको बराबरी खेलेको छ।

बराबरीमा दुवैले समान १ अंक प्राप्त गरे । एन्फा कम्प्लेक्समा भएको खेलको आजको एक मात्र खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन्।

दोस्रो हाफ सुरु भएको चौथो मिनेटमा झापाले अग्रता बनायो। बक्स भित्रबाट पुजन राईले गोल गरे। झापाले १-० को अग्रता बनायो।

निर्धारित ९० मिनेट सम्म झापासँग १-० को अग्रता थियो। झापा जित नजिक पुगिसकेको थियो। तर इन्ज्युरी समयको पाँचौं मिनेटमा मुकुन्द कुमार निउरेले गोल गरे। मुकुन्दको यो गोलमा बिबिसी हारबाट जोगियो।

यो बराबरीमा ६ खेल पछि झापा ८ अंक बनाउँदै लिगको पाँचौं स्थानमा रहेको छ। सामना खेलबाट ८ अंक नै बनाएको बिबिसी छैटौं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस