• २०८२ जेष्ठ २ गते बिहिवार

सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ३, काभ्रेपलाञ्चोक। सर्वाेच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर असर पारेको ठहर गर्दै त्यहाँ सञ्चालित इँटाभट्टा बन्द गर्न आदेश दिएको हो ।

स्थानीयले पाँचखाल नगरपालिका, वन तथा वातारण मन्त्रालय, शिक्षा मन्त्रालय, पुरातत्व विभागलगायतलाई विपक्षी बनाई २०७६ साल पुस १४ गते सर्वाेच्चमा रिट दायर गरेका थिए ।

हाल पाँचखालमा आठवटा इँटाभट्टा सञ्चालनमा छन् ।यसैबीच, पाँचखाल नगरले वातावरण नीति निर्माण गर्दै इँटाभट्टालगायत उद्योगलाई सुधारात्मक ढङ्गले अघि बढाउने नीति अवलम्बन गरेको मङ्गलबार विज्ञप्तिमार्फत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस