• २०८२ बैशाख ७ गते आइतवार

सुनचाँदीको मुल्य घट्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ३, काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ।  आज सुनको मूल्य प्रति तोला ४ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७४ हजार एक सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार सुन एक लाख ७४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य पनि सामान्य घटेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेको हो । महासंघका अनुसार आज चाँदी २ हजार ४५ रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको २ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस