बैशाख २, काठमाडौं । काठमाडौँमा एक पुरुषको शव फेला परेको छ। कीर्तिपुर नगरपालिका-६ खत्रीछापस्थित टहराभित्र अन्दाजी ५५ वर्षका पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उक्त शव कसको हो भन्ने केही पहिचान भएको छैन। प्रहरीले घटनाबारे अनुसन्धान जारी रहेको जनाएको छ।