बैशाख २, जाजरकोट। जाजरकोटमा सात घण्टाको फरकमा दुईवटा भूकम्प गएका छन्। कुशे गाउँपालिकाको पैङ्क क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गएराति र आज बिहान गरेर दुईवटा भूकम्प गएका राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीले जानकारी दिए।
पहिलो भूकम्प गएराति (वैशाख १ गते) ९ बजेर ३१ मिनेटमा गएको थियो। केन्द्रका अनुसार उक्त भूकम्प ४.१ म्यागनिच्युटको थियो।
त्यसैगरि दोस्रो भूकम्प आज बिहान ४ बजेर ५३ मिनेटमा गएको अधिकारीले जानकारी दिए। यो भूकम्प ४.४ म्याग्निच्युटको छ।
लगातार गएका यी भूकम्पका कारण हालसम्म मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ।