चैत २, काठमाडौं । मधेश प्रदेशलाई पराजित गर्दै विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ। शनिबार सम्पन्न खेलमा पुलिस १९३ रनले विजयी भएको हो। योसँगै चार खेलबाट आठ अंक पु¥याएको पुलिस शीर्ष स्थानमा उक्लिएको छ। मधेशको भने यो लगातार दोस्रो हार हो। कोशीलाई १६५ रनले हराएको मधेश एपिएफसँग दुई विकेटले पराजित भएको थियो।
पुलिसले दिएको २८९ रनको लक्ष्य पछ्याएको मधेशले २६.१ ओभरमा सबै विकेट गुमाउँदै ९५ रन बनायो। मधेशका दीपेश दासले सर्वाधिक ३१ रन बनाए। ५९ बल खेलेका उनले दुई चौका र एक छक्का प्रहार गरे। त्यसअघि ब्याटिङ थालेको पुलिसले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २८८ रन बनाएको थियो। पुलिसका कप्तान दीपेन्द्रले सर्वाधिक ६३ रन बनाए। ३६ बल खेलेका उनले पाँच चौका र एक छक्का प्रहार गरे।
यस्तै शनिबार नै भएके दोश्रो खेलमा त्रितराज दासको सानदार शतकसँगै विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा अपराजित यात्रा कायम राखेको छ।
शनिबार सम्पन्न खेलमा आर्मीले कोशी प्रदेशलाई सात विकेटले पराजित गरेको हो। यो नतिजासँगै आर्मीले चार खेलबाट आठ अंक पु¥याएको छ। कोशीले दिएको २३१ रनको लक्ष्य पछ्याएको आर्मीले ४७.१ ओभरमा तीन विकेट गुमाउँदै २३१ रन बनायो।
आर्मीलाई जित दिलाउन त्रितले सर्वाधिक ११२ रन बनाए। १३९ बल खेलका उनले १४ चौका र क छक्का प्रहार गरे। कप्तान विनोद भण्डारीले २७ र भीम सार्कीले १२ रन बनाउँदा बसिर अहमद ६१ रनमा अविजित रहे।