• २०८२ बैशाख ७ गते आइतवार

कैलालीमा नुहाउने क्रममा नदीमा डुबेर दुई किशोरको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २, कैलाली । कैलालीको धनगढीमा नुहाउने क्रममा नदीमा डुबेर दुई किशोरको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–१९ फूलबारीमा मोहना नदीमा नुहाउने क्रममा डुबेर सोही ठाउँका १५ वर्षीय दिनेश ओझा र १६ वर्षीय आशिष ओझाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

नदीमा डुबेका उनीहरूलाई मृत अवस्थामा निकालिएको थियो । उनीहरूसँगै नदीमा नुहाउन गएका अन्य दुई किशोर पनि डुबेर घाइते भएका छन् ।

घाइते हुनेमा फूलबारीकै १६ वर्षीय करनसिंह धामी र १५ वर्षीय अदर्श पुजारा रहेका छन् । दुवै जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस