• २०८२ बैशाख ७ गते आइतवार

टिपरको ठक्करबाट काठमाण्डौमा गरी दुई जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २, काठमाडौं । काठमाण्डौको गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजल र काठमाण्डौ महानगरपालिका–३२ तिनकुनेमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । सुन्दरीजलमा हिजो बेलुका भएको दुर्घटनामा कागेश्वरी मनोहरा नगरपालिका–१ घर भएका अनुज ढकालको मृत्यु भएको जिल्ला प्रहरी परिसर, काठमाण्डौले जनाएको छ । बा ५ ख ११६८ नम्बरको टिपरले ढकाल चढेको बा ४८ प ३६४० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीको भनाइ छ ।

यस्तै आज बिहान काठमाण्डौ महानगरपालिका–३२ तिनकुने गैरीगाउँ पेट्रोलपम्प अगाडि प्र ३–०२–००३ प ६२४५ नम्बरको मोटरसाइकललाई टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार काभ्रे पनौती नगरपालिका–११ घर भई ललितपुरको धापाखेल बस्ने २६ वर्षका सुकराम तामाङको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिनुभयो ।

बिहान साढे चार बजे ठक्करबाट घाइते तामाङको उपचारका क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको हो । दुर्घटनामा काभ्रे बेथानचोकका रमेश तामाङ घाइते भएका छन् । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उपरीक्षक बोहराका अनुसार रा १ ख २६२२ नम्बरको टिपर विमानस्थलको कार्गोभित्र फेला परेको छ । चालकको खोजी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस