• २०८१ फाल्गुन ७ गते बुधवार

साढे चार सय किलोभन्दा धेरै रक्तचन्दनसहित काठमाण्डौमा २ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २, काठमाडौं । प्रहरीले रक्तचन्दन तस्करी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । गएराति काठमाण्डौ र भक्तपुरको सीमा क्षेत्र काँडाघारीबाट चार सय ६२ किलो रक्तचन्दनसहित काठमाण्डाैका रमेश थापा र सिन्धुपाल्चोककाे बलेफीका ज्ञानबहादुर तिमिल्सिनालाई पक्राउ गरेको काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनीहरूले केही महिना अगाडि नै रक्तचन्दन ल्याएर तिमल्सिनाको कोठामा राखेको र अर्को व्यक्तिलाई बुझाउने तयारी गर्दै गर्दा सूचनाका आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ । रक्तचन्दन कहाँबाट ल्याइएको हो र गन्तव्य कहाँ हो भन्ने खुलिनसकेको प्रहरीले जनाएको छ ।

नेपालमा लामो समयदेखि रक्तचन्दनको तस्करी रोकिएकोमा फेरि शुरू भएको देखिएको हो । रक्तचन्दन विशेषगरी भारतबाट चीनतर्फ तस्करी हुने गरेकोले नेपाल ‘ट्रान्जिट’ बनेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस