• २०८१ फाल्गुन ७ गते बुधवार

खो–खो विश्वकपमा नेपाली महिला टाेलीकाे लगातार तेस्राे जीत

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २, काठमाडौं । खो–खो विश्वकपकाे महिलातर्फ नेपालले श्रीलङ्कालाई फराकिलाे अन्तरले हराएकाे छ । आज भएकाे खेलमा नेपालले श्रीलङ्कालाई ११०–१० ले हरायो ।

नेपाली महिला टोलीको यो लगातार तेस्रो जीत हो । महिलातर्फ नेपालले पहिलो खेलमा भुटान र दोस्रो खेलमा जर्मनीलाई हराएको थियो । नेपाली महिला टोलीले समूह चरणको अन्तिम खेलमा भोलि बङ्गलादेशसँग खेल्नेछ ।

महिला र पुरुष दुवै टोलीलाई ४ वटा समूहमा विभाजन गरिएको छ । समूह चरणको खेलपछि शीर्ष दुई टोली क्वाटरफाइनलमा पुग्नेछन् । फाइनल खेल आउँदो आइतवार हुनेछ ।

प्रतिक्रिया दिनुहोस