• २०८१ फाल्गुन ७ गते बुधवार

रवि लामिछानेलाई ६० लाख धराैटीमा रिहा गर्न काठमाण्डाै जिल्ला अदालतकाे आदेश

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २, काठमाडौं । काठमाण्डाैकाे स्वर्णलक्ष्मी सहकारीकाे बचत रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धराैटीमा रिहा गर्न काठमाण्डाै जिल्ला अदालतले आदेश दिएकाे छ । न्यायाधीश माधवप्रसाद अधिकारीकाे इजलासमा आज भएकाे थुनछेक बहसपछि अदालतले लामिछानेलाई ६० लाख रुपैयाँ धराैटीमा छाड्न आदेश दिएकाे हाे ।

स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलन मुद्दाका सबै प्रतिवादी, उनीहरूका कानूनी प्रतिनिधि र सरकारी वकिल सबैको बहस आजै सकिएकाे थियाे । गोर्खा मिडिया नेटवर्कमा कानून विपरीत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ लगेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । रविविरुद्ध ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

लामिछाने पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा गएकाे बिहीवार जिल्ला अदालत कास्कीमा ६५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए ।

प्रतिक्रिया दिनुहोस