• २०८२ बैशाख ७ गते आइतवार

आइपिएल : चेन्नईले टस जित्यो, फिल्डिङ गर्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १, काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज लखनउ सुपर जाइन्ट्ससँगको खेलमा पुछारमा रहेको चेन्नई सुपर किङ्सले टस जितेको छ।‌ लखनउमा‌ टस जितेर चेन्नईले फिल्डिङ रोजेको छ। लखनउ टोलीले पछिल्ला ३ खेल जितको छ । चेन्नईले आफ्नो इतिहासमै पहिलो पटक लगातार ५ खेल हारको थियो ।

चेन्नई पछिल्लो खेलमा कोलकाता नाइट राइडर्स सँग घरेलु मैदान पराजित भएको थियो। लखनउले पहिलो बलदेखि नै आक्रामक ढंगमा खेल्दै आएको छ । पछिल्ला ३ खेलमा पावरप्लेतर्फ विकेट गुमाएको छैन । चेन्नईले अझै पनि सुरुवातमै लय र स्थायित्व खोज्दै छ। चेन्नईका कुनै ब्याटर आइपिएलमा सर्वाधिक रन बनाउने शीर्ष १० मा छैनन् । रचिन रविन्द्र १ सय ४९ रनका चेन्नईको शीर्ष रन बनाउनेमा छन् ।

६ खेलमा‌ ८ अंकसहित लखनउ चौथो स्थानमा छ। ६ खेलमा २ अंक जोड्ने चेन्नई एक्लो टोली हो।

प्रतिक्रिया दिनुहोस