• २०८२ बैशाख ७ गते आइतवार

आइपिएल : लखनउ सुपर जाइन्ट्स र चेन्नई सुपर किङ्सबीच खेल हुँदै

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

बैशाख १, काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज लखनउ सुपर जाइन्ट्स र पुछारमा रहेको चेन्नई सुपर किङ्सबीच आज खेल हुँदैछ। लखनउमा‌ नेपाली समयअनुसार साँझ ७:४५ बजे खेल सुरु हुनेछ। गुरु महेन्द्र सिंह धोनी र चेला ऋषभ पन्त दुवै संघर्षरत उच्च प्रदर्शनका लागि संघर्षरत छन् ।

तुलानात्मक रुपमा ऋषभलाई केही राहत छ । कारण उनको टोलीले पछिल्ला ३ खेल जितको छ । चेन्नईले आफ्नो इतिहासमै पहिलो पटक लगातार ५ खेल हारको थियो ।

धोनी पुन: कप्तान बनेर फर्किएको उत्साह त्यति देखिएको‌ छैन। टोली पछिल्लो खेलमा कोलकाता नाइट राइडर्स सँग घरेलु मैदान पराजित भएको थियो।

लखनउले ब्याटिङमा केहि लचिलोपन देखाएको छ । दिग्वेश राठी जस्तस चर्चामा नरहेका भारतीय खेलाडीलाई मौका दिएको छ । चेन्नई कुनै प्रयोग नगरी एक निश्चित ढाँचामा खेलिरहेको छ।

लखनउले पहिलो बलदेखि नै आक्रामक ढंगमा खेल्दै आएको छ । पछिल्ला ३ खेलमा पावरप्लेतर्फ विकेट गुमाएको छैन । चेन्नईले अझै पनि सुरुवातमै लय र स्थायित्व खोज्दै छ।

चेन्नईका कुनै ब्यापार आइपिएलमा सर्वाधिक रन बनाउने शीर्ष १० मा छैनन् । रचिन रविन्द्र १ सय ४९ रनका चेन्नईको शीर्ष रन बनाउनेमा छन् ।

६ खेलमा‌ ८ अंकसहित लखनउ चौथो स्थानमा छ। ६ खेलमा २ अंक जोड्ने चेन्नई एक्लो टोली हो।

प्रतिक्रिया दिनुहोस