• २०८१ फाल्गुन ७ गते बुधवार

‘एलओडी’ २०२५ का लागि पुनः डिजे म्यागको नोमिनेसनमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

पुस २९, काठमाडौँ । ‘एलओडी’ क्लब ‘डिजे म्याग टप १००’ को नोमिनेसनमा परेको छ। युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२५ को लागि एलओडी क्लब नोमिनेसनमा पुन: परेको हो।

म्यागमा विश्वरका सय उत्कृष्ट डिजे क्लब रहने गर्छन्। डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनौट गर्ने गर्छ। टप १०० क्लबको सूचीमा पर्न एलओडीले भोटका लागि पनि अपिल गरेको छ।

एलओडीका अनुसार डिजे म्यागको वेबसाइटमा जानुपर्छ। मत गर्न पुनः फेसबुक, एप्पलको मोबाइल भए एप्पल र गुगलको अप्सन आउँछ। डिजे म्यागको १०० क्लब आएपछि तलपट्टिको भागमा ’इट्स कुल लेट्स गो’ मा क्लिक गर्नुपर्छ। प्रयोगकर्ताले फेरि आफ्नो देशको नाम, सहर साथै नामसहित सबै उल्लेख गर्ने अप्सन प्राप्त गर्ने छन्। अन्त्यमा पुनः अर्को अप्सनमा क्लबको सबै चरणमा एलओडीको क्लब लेख्दै काठमाडौँ सहरको नाम उल्लेख गर्नु पर्नेछ।

‘एलओडी’ क्लब विश्वको उत्कृष्ट सन् २०२२ मा ५२, सन् २०२३ मा ४९ र सन् २०२४ मा ५० औँ स्थानमा परिसकेको छ।

May be an image of text that says 'VOTE FOR LOD 1. Scan the QR code or visit the link- http://opo0clubsvote.djmag.com 2. Login with preferred account top100clubsvote. top100dubsvote.djmag.com DU TOP100 0 3. Select ባ agree Then, press 'Submit' 4. Fill up personal details and press 'Submit' DJ MAG TOP 100 CLUB CAMPAIGN 2025 5. Type 'LOD' in Club and 'Kathmandu' in city Then press 'Submit" UNLEASHING NEPAL'S NIGHTLIFE ON THE GLOBAL STAGE lodnepal LOD Lord of the Drinks 9818359196 9843948991 www.lodnepal.com Thamel Kathmandu, Nepal'

माथि देखिएको फोटोलाई स्कयान गरेर भोट गर्न सकिने एलओडीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस