पौष २८, दैलेख । दैलेखमा कार्यकक्षमै कृषि विकास अधिकृतको मृत्यु भएको छ । कार्यालयको काम गरिरहेकै बेला हृदयघात भई कृषि विकास कार्यालय दैलेखका कृषि विकास अधिकृत ५६ वर्षीय राजु भूजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुनिल दाहालले जानकारी दिनुभयो ।
आज दिउँसो कार्यकक्षमा काम गरिरहेकै बेला असहज महसूस भयो भनी भवनमै रहेको निवासमा जानुभएका उहाँ ओछ्यानमै ढलेको अवस्थामा भेटिनुभएको कर्मचारीहरूले बताएका छन् । भूजलाई तत्कालै दैलेख जिल्ला अस्पतालमा पु¥याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
कपिलवस्तु स्थायी घर भएका भूज जागिरको सिलसिलामा दैलेखमा विवाह गरी दुल्लू नगरपालिका–७ कीर्तिखम्बमा बस्दै आउनुभएको थियो ।