• २०८१ चैत्र १ गते शनिवार

आगाेले जलेर दाङमा महिलाकाे मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २९, दाङ । आगोले जलेर दाङमा एक जना महिलाको मृत्यु भएको छ । घरमै चुलोमा खाना पकाउने क्रममा कपडाबाट आगो सल्किएर शरीरमा गम्भीर जलन भएकी तुलसीपुर उपमहानगरपालिका–१९ सक्रामकी ६४ वर्षीया ईश्वरी वलीको मृत्यु भएको हो ।

वलीको उपचारका क्रममा आज तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस