• २०८२ बैशाख ७ गते आइतवार

अर्घाखाँचीमा चट्याङ लागेर एक जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २८, काठमाडौं । अर्घाखाँचीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नं. १० लिसेपानी बस्ने वर्ष ७२ वर्षीय यमबहादुर घर्तीको चट्याङ लागेर मृत्यु भएको हो ।

घर्ती आफ्नै घरको दलानमा बसिरहेका बेला चट्याङ लागि बेहोस अवस्थामा फेला परेका थिए । चट्याङबाट बेहोस भएका घर्तीलाई अस्थायी धनचौर प्रहरी चौकीले उद्धार गरी जिल्ला अस्पताल पठाउँदा घर्तीलाई अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक जगनाथ मरासिनीले बताए ।

चट्याङबाट मृतक घर्तीको घरको भित्तामा समेत क्षति भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस