• २०८१ फाल्गुन ७ गते बुधवार

दुम्कीबासमा पुल भाँचिँदा यातायात अवरुद्ध

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुष २६, बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दुम्कीबासको पुल भाँचिँदा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ । प्रहरीकाअनुसार अत्यधिक भारसहितको मालवाहक लरीका कारण पुल भाँचिएको हो ।

शुक्रबार साँझ साढे ५ बजेतिर विनयी खोलामा रहेको पुल भाँचिएको प्रहरीले जनाएको छ । डाइभर्सन सडक निर्माण नगरेसम्म राजमार्गको यातायात ठप्प भएको छ । यातायात सञ्चालनका लागि डाईभर्सन निर्माण गर्ने उपयुक्त ठाउँको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका एसपी यादव ढकालले बताए ।

वैकल्पिक सडक निर्माण नगरेसम्म राजमार्ग हुँदै पूर्व–पश्चिम हिँड्ने गाडी दाउन्ने र अरुण खोलामा रोकिएका छन् ।

प्रतिक्रिया दिनुहोस