• २०८१ फाल्गुन ७ गते बुधवार

नेपाल आयल निगम झन्डै १० अर्ब रुपैयाँ नाफामा : कार्यकारी निर्देशक भट्ट

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २६, काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले निगम झन्डै १० अर्ब रुपैयाँ नाफामा रहेको बताउनुभएको छ । नेपाल आयल निगम लिमिटेडको ५५औं वार्षिकोत्सवको अवसरमा आज भएको कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले समयमा नै अन्तिम लेखापरीक्षण कार्य सम्पन्न गरिएको र झन्डै १० अर्ब रुपैयाँ नाफामा रहेको बताउनुभयो ।

उहाँले स्वचालित मूल्य प्रणालीले निगमको आर्थिक अवस्था सुदृढ हुँदै गएको उल्लेख गर्नुभयाे । २०७१ सालदेखि निगमले इन्धनमा स्वचालित मूल्य प्रणाली लागू गरेको थियो ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निगम तेल बेचेर रमाइरहने दिन धेरै नरहेको बताउनुभएको छ । अबका दिनमा नयाँ विकल्प नखोज्ने हो निगम टिकिरहन नसक्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस