• २०८२ जेष्ठ ७ गते मङ्गलवार

सरकारले छिट्टै गभर्नर नियुक्ति गर्छः महेश बर्तौला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २६, काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सरकारले केही दिनभित्रै नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने बताउनु भएको छ। शुक्रवार संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै प्रमुख सचेतक बर्तौलाले यस्तो जवाफ दिनु भएको हो।

उहाँले गभर्नर नियुक्तिका लागि छलफलले केही समय लिएको बताउनुभयो । उहाँले दलहरुबीच गभर्नर नियुक्तिको विषयमा कुनै असमझदारी नभएको बताउनुभयो। गभर्नर नियुक्तिको छलफल नियमित प्रक्रियाबाट नै अगाडि बढेको उहाँको भनाइ छ।

उहाँले केही कानूनी विषयमा गभर्नर नियुक्तिको विषय अदालतमा पुगेकाले नियुक्तिमा ढिलाइ भएको जिकिर गर्नुभयो। उहाँले सरकारले छलफललाई निश्कर्षमा पुर्‍याएर छिट्टै नियुक्ति गर्ने बताउनु भयो।

प्रमुख सचेतक बर्तौलाले सरकारले वर्तमान संविधान र व्यवस्था विरुद्धको कुनै पनि गतिविधिको प्रतिवाद र विरोध गर्ने बताउनुभयो। उहाँले राजावादीहरुको आन्दोलन देश शान्ति र समृद्धितर्फ अगाडि बढेको देख्न नचाहने प्रतिक्रियावादीहरुले मुलुकलाई द्वन्द्वमा लैजान गरेको प्रायोजित षड्यन्त्र भएको आरोप लगाउनु भयो । वंशको आधारमा देशको उच्च पदमा राख्न कुनैपनि नेपाली जनता तयार नभएको उहाँको भनाइ छ।

प्रमुख सचेतक बर्तौलाले नेपाल राष्ट्र बैंकको आन्तरिक प्रबन्ध बमोजिम भइरहेका कामका बारेमा सरकारले केही बोल्न नसक्ने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस