• २०८१ फाल्गुन ७ गते बुधवार

रवि लामिछानेसहितका प्रतिवादीलाई धरौटीमा रिहा गर्ने कास्की अदालतको आदेश (आदेशसहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस २५, कास्की । कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेसहितका सबै प्रतिवादीलाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ । न्यायाधीश नितिज राईको इजलासले सबैलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।

आदेशअनुसार लामिछानेसँग ६५ लाख रुपैयाँ धरौटी माग भएको छ । त्यस्तै, छविलाल जोशीलाई पनि धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । उनीसँग भने ८८ लाख रुपैयाँ धरौटी माग गरिएको छ । यस्तै, लिला पछाईसँग ३७ लाख, राम खनालसँग १५ लाख, कृष्ण गुरुङसँग १ लाख, मिना गुरुङसँग ५ लाख र आरती गुरुङसँग ५ लाख धरौटी माग गरिएको छ ।

आदेश

प्रतिक्रिया दिनुहोस