• २०८१ फाल्गुन ७ गते बुधवार

माेरङकाे मालती पुल नजिक भेटिएकाे सिलिन्डर बम सेनाले डिस्पाेज गर्‍याे

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस २५, माेरङ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका–७ मालती पुल नजिक आज भेटिएका सिलिन्डर बम सेनाले डिस्पोज गरेको छ ।

स्थानीय बासिन्दाले प्रहरीलाई बम रहेको जानकारी गराएका र सुरक्षा टोलीले खोजी गर्दा चार वटा सिलिन्डर बम फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । सिलिन्डर बम भेटिएको क्षेत्रमा सडक विस्तारको काम भइरहेको छ ।

फेला परेका चार वटा सिलिन्डर बममध्ये दुई वटालाई नेपाली सेनाको टोलीले डिस्पोज गरेको र अरू दुई वटा खाली सिलिन्डर रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस