• २०८१ चैत्र ५ गते बुधवार

चर्च ब्वाइजलाई हराउँदै एनआरटीले जित्यो ‘बुढासुब्बा गोल्डकप’को उपाधि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २६, काठमाडौं । चर्च ब्वाइज युनाइटेडलाई हराउँदै न्यूराेड टिम (एनआरटी) क्लबले बुढासुब्बा गोल्डकप फुटबलको उपाधि जितेको छ । धरान रङ्गशालामा आज भएको फाइनल खेलमा एनआरटीले चर्च ब्वाइजलाई २–१ गोलले हराउँदै उपाधि जितेको हो ।

एनआरटीका लागि दुवै गोल हर्ने अडुसेट पोकोले गरे । यस्तै चर्च ब्वाइजका अनन्त तापाङले एक गोल गरे । २५औं संस्करणको बुढासुब्बा गोल्डकपको विजेता एनआरटीले १० लाख र उपविजेता चर्च ब्वाइजले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस