माघ २६, रोल्पा । रोल्पामा जीप दुर्घटना हुँदा एक महिलाको मृत्य भएको छ । गंगादेव गाउँपालिकाको घोरनेटा निवासी २९ वर्षीया सीता खड्काको मृत्य भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
दुर्घटनामा सीताका दुई छोराहरु तीन वर्षका सौरभ र १८ महिनाका सुप्रिम वली गम्भीर घाइते भएको जिल्ला प्रहरी प्रमुख भरत लामाले जानकारी दिनुभयो ।घाइते बालकहरुको स्थानीय गैरीगाउँ स्वास्थ्य चौकी तिलामा प्राथमिक उपचारपछि थप उपचारका लागि रोल्पा जिल्ला अस्पताल रेउघा पठाइएको थियो ।
त्यहाँ पनि उपचार सम्भव नभएपछि थप उपचारका लागि दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरिएको छ । शुक्रबार बेलुका लु १ च ९४०६ नम्बरको जीप त्रिवेणी गाउँपालिका–७ गाङमा दुर्घटनामा भएको हो । जीपमा चालक, सहचालक, मृत्य हुने सीता र उहाँका दुई छोरा गरी पाँच जना थिए ।
घटनापछि चालक र सहचालक फरार छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । सीता पेशाले शिक्षिका भएको खुलेको छ ।