• २०८१ चैत्र १ गते शनिवार

स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकमा खुल्यो आवेदन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २४, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकको पदमा आवेदन माग गरेको छ । मन्त्रालयले बिहीबार स्वास्थ्य बिमा ऐन, २०७४ को दफा २० बमोजिम खुल्ला प्रतिस्पर्धाबाट आवेदन खुलाएको हो।

आवेदनका उम्मेदवारको मान्यता प्राप्त संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, कानुन, चिकित्साशास्त्र, जनस्वास्थ्य वा स्वास्थ्य अर्थशास्त्र सम्बन्धी कम्तीमा स्नातकोत्तर उपाधि हाँसिल गरी १० बर्षको अनुभव प्राप्त गरेको हुनुपर्नेछ।

यस्तै उम्मेदवार ६५ वर्ष ननाघेको तथा भ्रष्टाचार, जबर्जस्ती करणीजस्ता फौजदारी कसुर नलागेको उम्मेवारले मात्रै आवेदन दिन पाउनेछन्। स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकको पदमा नियुक्तकालागि सिफारिस गर्न गठित सिफारिस समितिको बैठक र छनौट सम्बन्धित कार्यविधि २०८१ बमोजिम छनौट प्रक्रिया अगाडि बढाइनेछ।

उम्मेदवारले १० दिनभित्र समितिको सचिवालय स्वास्थ्य जनसंख्या मन्त्रालयमा आवेदन दिनुपर्नेछ।

No description available.

प्रतिक्रिया दिनुहोस