• २०८१ फाल्गुन ७ गते बुधवार

इन्डो–नेपाल भलिबलमा मणिमुकुन्द र गुजरात स्टेट विजयी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस २१, काठमाडौं । इन्डो–नेपाल रनिङ शिल्ड भलिबलमा आज भएका खेलमा मणिमुकुन्द भलिबल क्लब र भारतको गुजरात स्टेट भलिबल एसोसिएशन विजयी भएका छन् । बुटवलको रामनगर खेलमैदानमा आज भएको पहिलो खेलमा मणिमुकुन्दले आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीलाई ३–२ को सेटमा हरायो ।

मणिमुकुन्दले पहिलो सेट २५–२०, तेस्रो सेट २५–१२ र पाँचौं सेट १५–१२ ले जित्यो । मदन भण्डारी स्पोर्ट्स एकेडेमीले दोस्रो सेट २५–१८ र चौथो सेट २५–२० ले जित्यो ।

आज भएको दोस्रो खेलमा गुजरातले बाग्लुङको गलकोट भलिबल क्लबलाई ३–० को सोझो सेटमा हरायो । गुजरातले पहिलो सेट २५–१८, दोस्रो सेट २५–१९ र तेस्रो सेट २५–१६ ले जित्यो ।

आउँदो बुधवारसम्म चल्ने प्रतियोगितामा आठ वटा टोली सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस