• २०८१ फाल्गुन ७ गते बुधवार

पिंगलास्थानमा युवतीको हत्याका आरोपी युवा ओखलढुङ्गामा मृत भेटिए

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस २०, ओखलढुङ्गा। काठमाण्डौको पिंगलास्थानमा रहेको बागमती होटलमा युवती मृत भेटिएको घटनामा आराेपी युवक पनि मृत अवस्थामा भेटिएका छन् । ओखलढुङ्गाका देवबहादुर थापा आज ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–३ सिस्नेरीमा झुण्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय ‌‌‌‍‌‌ओखलढुङ्गाका सूचना अधिकारी प्रहरी निरीक्षक विजयी कार्कीले जानकारी दिनुभयो ।

गएको बुधवार २१ वर्षीय सुस्मिता खड्काको शव बाहिरबाट कोठा बन्द गरिएको अवस्थामा होटलमा भेटिएको थियो । मृत भेटिएकी युवतीको कोठामा थापा पनि बसेका प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो ।

होटलमा मृत भेटिएकी युवती जापनिज भाषा अध्ययनरत थिइन् । थापा पनि केही सयमअघि जापानबाट फर्कीएका थिए । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक कार्कीसहितको टोली घटनास्थलमा जाँदैछ ।

प्रतिक्रिया दिनुहोस