• २०८१ चैत्र १२ गते बुधवार

ओलीसँग प्रतिस्पर्धा गरेका कारण निकालियो: भीम रावल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस १७, काठमाडौं। नेकपा एमालेबाट निष्कासित पूर्व उपाध्यक्ष भीम रावलले आफुले अध्यक्ष पदमा उम्मेदवारी दिएकै कारण निष्काषन गरिएको दाबी गरेका छन्। बुधबार बबरमहलस्थित कार्की बैंक्वेटमा पत्रकार सम्मेलन गर्दै रावलले यस्तो दाबी गरेका हुन् ।

 

उनी गत महाधिवेसनमा अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धामा उत्रिएका थिए। ‘अध्यक्ष पदमा उम्मेदवार दिएबापत स्पष्टीकरण खानुपर्ने ?,’ रावलले भने, ‘मेरो सदस्यता नै तपाईँले खान मिल्छ र ?’

अध्यक्ष पदमा उम्मेदवारी दिएकै कारण कारबाही भोग्नुपर्ने भए यसअघि झलनाथ खनाल र माधव नेपालसँग किन प्रतिस्पर्धा गरेको भन्दै रावलले ओलीलाई प्रश्न गरेका छन्।

प्रतिक्रिया दिनुहोस