• २०८१ जेष्ठ ३१ गते बिहिवार

प्रधानमन्त्री कप क्रिकेट : पुलिसले लुम्बिनीलाई हरायो

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १७, काठमाडौं । नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशमाथि सहज जित निकालेको छ । बुधबार भएको खेलमा पुलिसले लुम्बिनीलाई १०३ रनले हराएको हो ।

मुलपानी क्रिकेट मैदानमा पुलिसले दिएको २४६ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ३८ ओभर ३ बलमा सम्पूर्ण विकेट गुमाउँदै १४२ रन बनायो । लुम्बिनीका लागि दिलशद अलीले सर्वाधिक ३६ रनको योगदान गरे । त्यस्तै नर सार्कीले ३१ रन बनाउँदा विराट भण्डारीले १६ रनको योगदान गरे । पुलिसका लागि कुशल भुर्तेलले तीन विकेट लिँदा करण केशीले दुई विकेट लिए । त्यस्तै ललित राजवंशी, सागर ढकाल, राशिद खान, आसिफ शेख र रोशन बुडालले एक–एक विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको पुलिसले ३७ ओभर ३ बलमा सम्पूर्ण विकेट गुमाउँदै २४५ रन बनायो । पुलिसका लागि आरिफ शेखले सर्वाधिक ७६ रनको योगदान गर्दा करण केशीले ५७ रनको अर्धशतकीय पारी खेले । त्यस्तै कुशल भुर्तेलले ४८ रन बनाउँदा अर्जुन साउदले २४ रन जोडे ।

लुम्बिनीका लागि नर सार्कीले चार विकेट लिँदा विर मगरले तीन विकेट लिए । त्यस्तै कृष्ण कार्की र अविशेक गौतमले एक–एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस