• २०८१ जेष्ठ ३० गते बुधवार

यु–१९ विश्वकप : नेपालले ‘सुपर सिक्स’ को पहिलो खेलमा आज बंगलादेशसँग खेल्दै

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १७, काठमाडौं । आइसीसी यू–१९ क्रिकेट विश्वकप अन्तर्गत आज (बुधबार) सुपर सिक्समा नेपालले बंगलादेशको सामना गर्दैछ । नेपालले समूह चरणमा टेस्ट राष्ट्र अफगानिस्तानलाई पराजित गर्दै समूह ‘डी’ मा तेस्रो हुँदै सुपर सिक्समा पुगेको हो ।

त्यस्तै बंगलादेशले समूह चरणमा ३ खेलमा २ जित र एक हारसहित समूह ‘ए’ बाट दोस्रो हुदै सुपर सिक्समा पुगेको हो । नेपाल अहिले सुपर सिक्सको समूह १ मा समूह चरणको रनरेटको आधारमा पाँचौं स्थानमा रहेको छ । त्यसैले सेमिफाइनलमा पुग्ने नेपालले सुपर सिक्सका दुवै खेल जित्नै पर्ने अवस्था रहेको छ । समूह चरणमा न्यूजिल्याण्ड र पाकिस्तानसँग हार बेहोरेको नेपालले शुक्रबार अफगानिस्तानलाई रोमाञ्चक एक विकेटले पराजित गरेको थियो ।

आजको खेलपछि नेपालले शुक्रबार भारतविरुद्ध खेल्ने तालिका रहेको छ । सुपर सिक्समा रहेका ६ देशले २–२ खेल खेलेपछि शीर्ष स्थानका दुई देश सेमिफाइनलमा पुग्नेछन् ।

प्रतिक्रिया दिनुहोस