• २०८१ बैशाख ४ गते मङ्गलवार

हावाहुरीले रुख भाँचेर किच्दा स्कुटरमा सवार युवकको मृत्यु

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १७, पाल्पा । पाल्पामा हावाहुरीले भाँचेको रुखले किच्दा सडकमा गुडिरहेको स्कुटरमा सवार एक युवकको मृत्यु भएको छ । सिद्धार्थ राजमार्ग अन्तगर्त जरेपिपलमा भन्ने ठाउँमा सल्लाको रुख पल्टेर किच्दा लु ८१प ११३६ नम्बरको स्कुटरमा सवार पाल्पा कैलाशनगरका २० वर्षीय भुवन सिंजालीको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार भुवन पाल्पाबाट बुटवलतर्फ आउँदै थिए ।

स्कुटर चालक सोही स्थानका प्रमथ शाही घाइते भएका छन् । उनको प्रवास मेडिकल केलज पाल्पामा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस