• २०८१ बैशाख ४ गते मङ्गलवार

त्रिशूली दुर्घटना अपडेट: मृतकको पहिचान खुल्यो, पाँचको मृत्यु एक बेपत्ता

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १७, काठमाडौं । पृथ्वी राजमार्गको इच्छाकामना गाउँपालिका-५ पृथ्वी राजमार्गको सिमलधारा नजिक भएको ट्याक्सी दुर्घटनामा परी मृत्यु हुनेको पहिचान खुलेको छ । मृतकको पहिचान खुलेको प्रहरीले जनाएको हाे ।

मृत्यु हुनेमा ट्याक्सी चालक गोर्खा नगरपालिक-७ बस्ने ३५ वर्षीय अर्जुन शिर्मल, गोर्खा नगरपालिका-७ की ४१ वर्षीया हरिमाया रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षीया अन्जना रोकाय, ९ वर्षीय आगमन नगरकोटी रहेका छन् । गोरखा नगरपालिका-७ का १८ वर्षीय दिवस रोकाय बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

शनिबार बिहानै काठमाडौँबाट गोरखा तर्फ गई रहेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी त्रिशूली नदीमा खसेपछि पाँच जनाको मृत्यु भएको हाे ।

अपडेट : ट्याक्सीसहित त्रिशूलीमा खसेका पाँच जनाको शव फेला

काठमाडौँबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूलीमा खस्यो

प्रतिक्रिया दिनुहोस