• २०८१ बैशाख ४ गते मङ्गलवार

दुर्घटनामा चालक सहित तीन जना घाइते

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १७, तनहुँ। पृथ्वीराज मार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा शनिबार विहान ८ः२० कार बसमा ठक्कर खाँदा तीन यात्रु घाइते भएका छन् । पोखराबाट दमौली जाँदै गरेको ना ५ ख ५३५९ नं. को बस रोकी राखेको अवस्थामा सोही दिशाबाट आउँदै गरेको बाग्मती बि ए सी ५७० नं.को कार बसको पछाडिको भागमा ठोक्किई घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख अपिलराज बोहराले दिनु जानकारी अनुसार दुर्घटना हुँदा कार चालक कास्की जिल्लाको पोखरा महानगरपालिका–२५ बस्ने वर्ष ३१ को विकास त्रिपाठी, कारमा सवार पोखरा महानगरपालिका–१६ बस्ने वर्ष ३२ को विकास बानियाँ र सोही महानगरपालिकाको वडा नं. १९ बस्ने वर्ष ३१ को संजिप भण्डारी घाइते भएका छन ।

तिनै जना घाइतेहरूको दमौली स्थित रत्नहरी मेमोरियल अस्पताल उपचार भइरहेको र उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस