• २०८१ बैशाख ४ गते मङ्गलवार

सेती नदीमा डुबेर एक किशोरको मृत्यु

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १७, डोटी । नुहाउने क्रममा सेती नदीमा डुबेर डोटीमा एक किशोरको ज्यान गएको छ। दिपायल सिलगढी नगरपालिका–१ तिखा पैरेकुडाका १८ वर्षीय महेश खड्काको शुक्रबार दिउँसो १२:४० बजेतिर सेती नदिमा डुबेर मृत्यु भएको हो।

सोही नगरपालिकाको वडा नम्बर ३ बासुधारास्थित सेती नदीमा नुहाउने क्रममा खड्काको डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव निरीक्षक नारायण सिं नेगीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस