• २०८१ मङ्सिर २२ गते शनिवार

फिफा वरीयतामा नेपालको एक स्थान सुधार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १४, काठमाडौं । फिफा वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ । विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा) ले आज सार्वजनिक गरेको पुरुष फुटबलको विश्व वरीयताअनुसार नेपाल एक स्थान सुधार गर्दै १ सय ७५ औं स्थानमा आइपुगेको छ । यसअघि नेपाल १ सय ७६ औं स्थानमा थियो ।

सार्क देशमा नेपालभन्दा माथि भारत १ सय २७ औं, अफगानिस्तान १ सय ५५ औं र माल्दिभ्स १ सय ६२ औं स्थानमा छन् । नेपालभन्दा तल भुटान १ सय ८२ औं, बङ्गलादेश १ सय ८५ औं, पाकिस्तान १ सय ९८ औं, श्रीलङ्का २ सयौं स्थानमा छन् ।

फिफा वरीयतामा अर्जेन्टिना शीर्ष, फ्रान्स दोस्रो, स्पेन तेस्रो, इङ्गल्यान्ड चौथो र ब्राजिक पाँचौं स्थानमा यथावत् छन् । यस्तै पोर्चुगल छैटौं, नेदरल्यान्ड्स सातौं, बेल्जियम आठौं, इटाली नवौं र जर्मनी १० औं स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस